पौडेल सचिवमा बढुवा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पौडेल सचिवमा बढुवा 


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । पदमराज पौडेल विशिष्ट श्रेणी(सचिव) पदमा बढुवा भएका छन् । मङ्गलवार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पौडेल  उप-महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले उप-महालेखापरीक्षकमा बढुवाका लागि सिफारिस गरेको थियो ।

उप-महालेखापरीक्षक राममाया कुँवर पाँच वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएसँगै रिक्त पदमा पौडेललाई बढुवा सिफारिस गरिएको थियो । कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी कुँवर साउन २२ गतेदेखि अनिवार्य अवकाश भएकी थिइन् । 

टङ्कमणि शर्मा ६ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाश भएसँगै महालेखापरीक्षक पदसमेत रिक्त छ । जसका लागि आवेदन माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस