२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले २०८४ सालको आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन्।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका काँग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै २०८४ सालको आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए।

‘चालु संसद पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो। यो संसद पाँच वर्ष नै कायम रहन्छ,’ निधिले भने,‘२०८४ सालमा हुने आमनिर्वाचनसम्म देशले तीन प्रधानमन्त्री पाउने छ। संसद विघटन हुने छैन।’

सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद विघटन हुनु अस्थिरता रहेको उनले बताए।

काँग्रेस नेता निधिले २०८४ सालको निर्वाचनमा काँग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै त्यसका लागि काँग्रेसको सङ्गठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासँग पनि आग्रह गरे।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाका स्व पिता सोमनाथ ढुङ्गानाको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली दिन निधि धादिङ पुगेका हुन्।

नेपाली काँग्रेस धादिङले आयोजना गरेको श्रद्धाञ्जली सभामा काँग्रेस सभापति शेरबहादुर देउवा समेत सहभागी थिए।

सभापति देउवाले पञ्चायती व्यवस्थाको समयमा पनि जनताको मत जितेर लोकतन्त्रको पक्षमा काम गरेकाले कांग्रेसजनले सोमनाथ ढुङ्गानालाई प्रेरणाको रूपमा लिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस