वर्न सेन्टरमा सांसद भण्डारीको शल्यक्रिया « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वर्न सेन्टरमा सांसद भण्डारीको शल्यक्रिया


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया भएको छ। कीर्तिपुरस्थित वर्न सेन्टरमा आज शल्यक्रिया भइरहेको हो।

६ महिना अगाडि आफ्नै घरमा ग्यास पड्किएर आगलागीमा परी घाइते भएका भण्डारीको आज हातको भागको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ ।

पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ। उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस