३ हजार पुग्यो एक करोड रुपैयाँभन्दा धेरै कर तिर्ने करदाताको संख्या  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

३ हजार पुग्यो एक करोड रुपैयाँभन्दा धेरै कर तिर्ने करदाताको संख्या 


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । वार्षिक एक करोड रुपैयाँभन्दा बढी कर तिर्ने करदाताको संख्या करिब तीन हजार पुगेको छ।

आन्तरिक राजस्व विभागको तथ्याङ्क अनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढी कर बुझाउने करदाताको संख्या दुई हजार ९ सय ९१ पुगेको हो।

धेरै कर बुझाउने ५० करदाताले ४४ प्रतिशत भार बोकेको छन्।

गत वर्ष दुई खर्ब १२ अर्ब ५६ करोड रुपैयाँ राजस्व ५० करदाताले तिरेको देखिएको हो।

त्यसमध्ये पनि दस करदाताले मात्रै एक खर्ब ८ अर्ब ३० करोड रुपैयाँ राजस्व बुझाएको आन्तरिक राजस्व विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ।

धेरै तिर्ने पाँच सय करदाताले ३ खर्ब १९ अर्ब ९४ करोड अर्थात् ६६। ६८ प्रतिशत र धेरै तिर्ने एक हजार करदाताले ३ खर्ब ४२ अर्ब १८ करोड अर्थात् ७१.३२ प्रतिशत राजस्वमा योगदान गरेको देखिएको छ।

वार्षिक एक करोड रुपैयाँभन्दा पनि कम राजस्व तिर्ने करदाताबाट पनि करिब २२ प्रतिशत राजस्व उठेको छ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा चार खर्ब ७९ अर्ब रुपैयाँ मात्रै उठाउन सकेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस