१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैदीबन्दी मृत्यु प्रकरणमा सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु

अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो । 

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । 

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो । आइतबार पक्राउ परेका चौधरीलाई पाँच दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो । कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।

कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको थियो । सो घटनामा संलग्न भएको आरोप लागेका चौकीदार कार्कीसहित नौ जना कैदीमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए । उनीहरूलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको हो । प्रहरीले कैदी कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारु, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई कारागारबाट निकालेर हिरासतमा राखेको थियो । घटनामा चौकीदारसहितका कैदीको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पच्चीस जना क्षमताको सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी रहेका छन् । उक्त घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनालगत्तै गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस