सकियो ओली र रावलबीचको छलफल   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सकियो ओली र रावलबीचको छलफल  


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएका नेता भीम रावलले पुनः कुराकानी गर्ने गरी आजको छलफल सकिएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा ओली र रावलको संवाद भएका थियो । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले आज भलाकुसारी भएको र फेरि भेट्ने कुरा भएको जानकारी दिए ।

‘हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग भलाकुसारी, के छ कस्तो छ भन्ने भलाकुसारी गरियो’, उनले भने ।

ओलीसँगको भेटमा देश र पार्टीको अवस्थाका विषयमा कुराकानी भएको रावलले बताए ।

दशौँ महाधिवेशनका ओलीविरुद्ध अध्यक्षमा रावलले उम्मेदवारी दिएपछि उनीहरुबीच बोलचाल नै बन्द भएको थियो । आजको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस