नेपालका १५ मेयर र ८ उपमेयर ढल व्यवस्थापनबारे भारतमा पढ्दै  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालका १५ मेयर र ८ उपमेयर ढल व्यवस्थापनबारे भारतमा पढ्दै 


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपालका १५ मेयर र ८ उपमेयर भारतमा पढ्दै छन् । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर ढल व्यवस्थापनबारे भारतमा पढिरहेका हुन् । 

नेपाल नगरपालिका सङ्घको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्क) ले उनीहरूलाई पढाइरहेको छ ।

दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक कक्षा लिने र ३ दिन लेदो व्यवस्थापन गर्न व्यवहारिक कक्षा लिनको लागि मेयरहरू भारत गएका नगरपालिका सङ्घले जनाएको छ । 

फोहोर व्यवस्थापनसम्बन्धी २३ वटा नगरपालिकाबाट प्रतिनिधि हुनेगरी अध्ययनको लागि गएका बुझिएको छ । 

सोमबारदेखि सुरु भएको कक्षामा बुटवल उपमहानगरपालिकाका मेयर खिलराज पाण्डे, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीलगायत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस