जातीय विभेद गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जातीय विभेद गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गरेका छन्।

मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिकालगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिने गरी कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रूपमा लिए पनि त्यसअनुसारको कानून नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्कसमेत गरे।

आफूले सुरुदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्नका लागि विद्रोह गर्नेहरूलाई कठोर जरिवाना गर्ने, दबाउने काम पनि संविधानअनुसारको कानूनी व्यवस्था नभएकै कारण हुन गएको पनि स्पष्ट पारे।

Tags :
प्रतिक्रिया दिनुहोस