दक्षिणपन्थी स्वार्थको झोले हुन् : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दक्षिणपन्थी स्वार्थको झोले हुन् : ओली


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका छन् ।

बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्न दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

उनले भने, ‘हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले । नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरूको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरू हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।’

Tags :
प्रतिक्रिया दिनुहोस