रिडी पावर कम्पनीले पायो हकप्रद निष्कासन गर्ने स्वीकृति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रिडी पावर कम्पनीले पायो हकप्रद निष्कासन गर्ने स्वीकृति


२९ श्रावण २०८०, सोमबार


काठमाडौं । रिडी पावर कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिइएको छ । विद्युत् नियमन आयोगले उक्त स्वीकृति दिएको हो । २८ साउनमा आयोगबाट हकप्रद निष्कासनका लागि स्वीकृति प्राप्त भएको पत्र आएको कम्पनीले जनाएको छ ।

कम्पनीको ८ असारमा सम्पन्न कम्पनीको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । रिडी पावर कम्पनीको सहायक कम्पनी साझा पावर कम्पनीले निमार्ण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निमार्ण गर्न स्वपुँजी व्यवस्थापन गर्न उक्र हकप्रद जारी गर्ने प्रस्ताव कम्पनीले गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस