आज पनि संसदमा एमालेको नाराबाजी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आज पनि संसदमा एमालेको नाराबाजी


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति माग गरिरहेको नेकपा (एमाले) ले आज पनि संसदमा नाराबाजी गरेको छ।

सभामुख देवराज घिमिरेले शून्य समय सुरु गर्न लाग्दा एमाले सांसदहरू उठेर नाराबाजी गरेका हुन्।

त्यसअघि एमालेका सांसद मानवीर राईले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने आफूहरूको माग कायम रहेको बताएका थिए।

एमालेको अवरोधले साउन १० गतेपछि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस