गण्डक ब्यारेजका सबै ढोका खुला  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गण्डक ब्यारेजका सबै ढोका खुला 


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजमा नेपाल र भारत दुवै तर्फका ३६ वटै ढोका खोलिएको हो।

आज बिहान गरिएको मापनअनुसार गण्डक ब्यारेजमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

गण्डक ब्यारेजमा ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ। नारायणी नदीमा आइतबार रातिदेखि नै पानीको सतह बढेको छ।

नारायणी पुलमा रहेको मापन केन्द्रमा पानीको सतह ११.०४ मिटर पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस