‘दोषी भए महराजी पनि कारबाहीको भागिदार हुनुपर्छ’ : गृहमन्त्री « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘दोषी भए महराजी पनि कारबाहीको भागिदार हुनुपर्छ’ : गृहमन्त्री


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पनि कारबाहीको भागिदार हुनुपर्ने बताएका छन्।

आइतबार बसेको माओवादी पदाधिकारी एवम् सरकारका मन्त्रीहरूको बैठकमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

‘गृहमन्त्रीजीले सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा सरकारले गरिरहेको कामको ब्रिफिङ गर्नुभएको थियो,’ एक पदाधिकारीले भने, ‘हाम्रै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराजीको बारेमा पनि सिआइबीको रिपोर्ट मिडियामा आएका समाचारबारे जानकारी गराउनुभएको थियो। दोषी भए कसैलाई पनि नछोड्ने पदाधिकारीमा समझदारी छ।’

माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महरा इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका छन्। महराका राहुलले छोरा सुन ल्याउने चिनियाँ नागरिकसँग पटक-पटक फोन गरेको तथ्य सिआइबीले फेला पारेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस