२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछाका ‘ह्याचलिङ’मा  किसान आकर्षित

अ+ अ-

भरतपुर । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन्। 

 कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो। यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले जानकारी दिए।

कार्यालयले सिल्भर कार्प, बिगहेड कार्प, ग्रोसकार्प, रहु, नैनी, भ्याकुर, पङ्गासियस र टिलापिया जातका माछाका भुरा उत्पादन र वितरण गर्ने गरेको छ। गत वर्ष कार्यालयले भुरा र माछा बिक्री गरेर रु ४५ लाख राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिए। उनका अनुसार कार्यालयबाट गत वर्ष छ सय ५०  किसान लाभान्वित भएका छन्।

बागमती प्रदेशको १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयबाट बागमती प्रदेशसँगै अन्य प्रदेशका किसानले पनि सेवा लिने गरेका छन्। उच्च गुणस्तरका हुने भएकाले यहाँ माछाका भुरा लिनका लागि नवलपुर, गोरखा, बारा, पर्सालगायतका जिल्लाबाट पनि कृषक आउने गरेका छन्।

कार्यालयले फ्राइ जातको २५ पैसा र फिङ्गरिङको ७५ पैसा प्रतिभुरा लिने गरेको छ। केन्द्रमा ३६  पोखरी निर्माण गरिएको छ। यसमा माउ पोखरी छ रहेका छन्। अरु सबै नर्सरी पोखरी हुन्। कार्यालयले खाने माछासमेत उत्पादन गरेर बिक्री गर्दै आइरहेको छ। वार्षिक एकदेखि दुई टन माछा कार्यालयले बिक्री गर्दै आइरहेको मत्स्य विकास अधिकृत डा गणेश अधिकारीले जानकारी दिए।

उनले कार्यालयले पछिल्लो समय माछा बिक्रीभन्दा पनि भुरा उत्पादनलाई जोड दिएको बताए। केन्द्रलाई शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रको रूपमा समेत विकास गर्दै लगिएको उहाँको भनाइ छ। कार्यालयले कृषकलाई माछासम्बन्धी तालिम र परामर्श सेवासमेत दिँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस