एमाले अध्यक्ष ओलीको प्रश्न : माओवादी युद्ध कस्को विरुद्ध थियो ?  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमाले अध्यक्ष ओलीको प्रश्न : माओवादी युद्ध कस्को विरुद्ध थियो ? 


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी हिंसा र युद्ध कसको लागि लडिएको थियो भन्दै प्रश्न गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली देश विकासको मार्ग चित्र विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादी युद्ध कसको विरुद्ध लडिएको थियो भन्ने प्रश्न पनि गरेका छन् । 

उनले भने ‘ माओवादी हिंसा द्वन्द्व युद्ध जनयुद्ध लडिएका कसको लागि थियो ? कसको  विरुद्ध ? पिरोलिएको थियो । त्यसबिचमा मारिए को ? पोलिटिकल पार्टीका कार्यकर्ता ,मारिए को ? समाजका प्रतिष्ठित बुद्धिजीवीहरु मारिए, समाजलाई बाटो देखाउने बत्तिहरु मारिए ,गुरु लुईटेलहरु मारिए ,लमजुङका मुक्ति अधिकारीहरु मारिए । ’ 

अध्यक्ष ओलीले माओवादी सशस्त्र युद्दमा जो समाजका आड भरोसा थिए, जो समाजका अभिभावक जस्ता थिए त्यस्ता व्यक्तिहरु छानी छानी खोजी खोजी मारिएको बताए । उनले युद्ध भएको भए युद्धको नियम पालना हुने चर्चा गर्दै माओवादी सशस्त्र युद्ध हिंसा मात्र भएको दावी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस