पेट पाल्नकै लागि युवाहरू विदेशिनु राज्यको लागि लाजमर्दो पक्ष : अध्यक्ष लिङदेन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पेट पाल्नकै लागि युवाहरू विदेशिनु राज्यको लागि लाजमर्दो पक्ष : अध्यक्ष लिङदेन


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले परिवार र पेट पाल्न कै लागि युवाहरू विदेशिनु भनेको राज्यको लागि लाजमर्दो कुरा भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बृहत् रक्तदान, चियापान एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष लिङदेनले देश भित्र उद्योग धन्दाहरू स्थापना गरेर रोजगारीको सिर्जना गर्नु पर्ने बताए ।

उनले भने ‘ देश भित्र उद्योग धन्दाहरूको स्थापना गरेर रोजगारीको सिर्जना गर्न सकियोस् केवल परिवार पाल्नको लागि, पेट पाल्नको लागि विदेश जानु पर्ने दुःखद पूर्ण नियतिको अन्त्य होस । ’ उनले देशका युवाहरू परिवार पाल्नकै लागि बाहिरिनु भनेको दुःखदायी र लाजमर्दो कुरा भएको बताए ।

अध्यक्ष लिङदेनले वास्तविकरुपमा परिवर्तन चाहने सशक्त युवाहरूलाई पार्टीमा आउन आव्हान पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस