सिंगापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिंगापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ


२७ श्रावण २०८०, शनिबार


पक्राउ

सिङ्गापुर । सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ  । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा  ती संदिग्धहरू पक्राउ परेका हुन् ।

ती ४९  संदिग्धहरू २१ देखि ४६  वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ । 

कारबाहीका क्रममा ‘एक्स्टेसी’ र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको  पनि  बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस