३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट नागढुंगाबाट बरामद « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट नागढुंगाबाट बरामद


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । प्रहरीले काठमाडौँको नागढुंगाबाट ३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।

भैरहवाबाट आएको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो ।

घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट पनि १५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको बुझिएको छ ।

पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस