चौतर्फी विरोधपछि घट्यो एकीकृत सम्पत्ति कर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चौतर्फी विरोधपछि घट्यो एकीकृत सम्पत्ति कर


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । चौतर्फी विरोध भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएको छ ।

नगरपालिकाले गत बर्ष भन्दा सात सय प्रतिशतदेखि बाह्रसय प्रतिशतसम्म वृद्धि गरेर चालु आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लिन सुरु गरेपछि विभिन्न राजनीतिक दल, व्यावसायिक र सामाजिक सङ्घ सङ्गठनले विरोध जनाएका थिए ।

अस्वभाविकरुपमा कर बढाएको भन्दै उनीहरू पुरानै दर कायम गर्न माग गर्दै आन्दोलित भएका थिए । चौतर्फी विरोध भएपछि नगरपालिकाले विशेष नगर सभा बोलाएर बढाएको करको दर खारेज गरेको छ ।

विशेष नगरसभाले गत बर्ष लिँदै आएको करमा २० प्रतिशतले मात्रै वृद्धि गर्ने निर्णय गरेको छ । तर नेकपा एमालेका जनप्रतिनिधिहरूले भने १० प्रतिशत मात्रै वृद्धि गर्नुपर्ने अडान राख्दै नगर सभा बहिस्कार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस