जातीय विद्वेष फैलिए देशको अस्तित्व समाप्त हुन्छ : ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जातीय विद्वेष फैलिए देशको अस्तित्व समाप्त हुन्छ : ओली


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपालीका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए।

अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताए । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाइ छ ।

उनले भने, ‘यदि कुनै पनि हिसाबले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यति बेला देश जोगिँदैन । जोगाउन सकिँदैन । हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । पहिचानलाई विकृतरूपमा लिनु हुँदैन । पहिचान सकारात्मक ढङ्गले लिनुपर्छ । देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र रु हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो ।’

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यस कारण देशलाई धर्मनिरपेक्ष बनाइएको जिकिर गरे । उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरूको नाम पनि साझा भूगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए । उनले प्रदेशहरूको नामकरण साझा रूपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस