लुम्बिनीको इज्जत जाने काम गर्दिनँ : ल्हारक्याल लामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीको इज्जत जाने काम गर्दिनँ : ल्हारक्याल लामा


२५ श्रावण २०८०, बिहिबार


lhyarkyal_Lama

काठमाडौँ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् ।

लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् ।

पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत जाने र बदनाम हुने कुनै काम नगर्ने बताए । उनले व्यक्तिगत लाभ लिने काम नगर्ने दाबीसमेत गरे ।

ल्हारक्यालले आफू लामो समयदेखि बुद्धमार्गमा रहेर बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै अध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस