नारायणगढ-बुटबल सडक खण्डको म्याद एक वर्ष थप « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ-बुटबल सडक खण्डको म्याद एक वर्ष थप


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौताअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ ।

आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ ।

पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस