यहिवर्ष आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौ : कानुन मन्त्री गुरुङ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

यहिवर्ष आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौ : कानुन मन्त्री गुरुङ


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुन निमार्ण गरेर नै सुनिश्चित गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुन मन्त्री गुरुङले २०८० सालभित्र आदिवासी जनजातिहरू हक अधिकार स्थापित गर्ने प्रतिवद्ध जनाएका हुन् ।

‘यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा आयोगका अध्यक्ष र सम्बन्धित पदाधिकारीसँग सरकारले बसेर थप छलफल गरेर कानुन निमार्णका विषयमा छलफल गर्ने छ ।र, आदिवासी जनजातिको हक अधिकार, स्थापित गर्ने गरी अगाडी बढ्नेछौँ,’ मन्त्री गुरुङले भने ।

आदिवासी जनजाति आयोगले तय गर्ने कार्य योजना कार्यान्वयनका लागि सरकारले पूर्णरुपमा सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस