यी हुन् मदन पुरस्कार २०७९ का लागि छनोटमा परेका पुस्तक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यी हुन् मदन पुरस्कार २०७९ का लागि छनोटमा परेका पुस्तक


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।

३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो ।

छनौटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार प्रदान गरिनेछ ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो।

मदन पुरस्कार गुठीले वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्येबाट बढीमा दश वटाको श्रेष्ठ सूची सार्वजनिक गर्ने गरेको छ।

मदन पुरस्कार २०७९ का लागि छनौटमा परेका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस