सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगीले १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा पाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगीले १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा पाउने


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग वा व्यवसायीलाई विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनियम सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने भएको हो ।

अब सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम र उपकरण खरिद विदेशी मुद्रा मुद्राको सुविधा प्रदान गर्ने भएको हो ।

यस्तै सफ्टवेयर, प्रोग्राम र उपकरण विदेशमै जडान गर्न पनि उक्त सुविधा पाउने भएका हुन् । यस्ता उद्योग र व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमामा रही राष्ट्र बैंकले तोकेका सर्तहरूको आधारमा वाणिज्य बैंकमार्फत विदेशी मुद्राको सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले अघिल्लो आर्थिक वर्ष सूचना प्रविधि लगायत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण र परिवर्त्य विदेशी मुद्राको बैंक खाताको विवरण अनिवार्य रहेको राष्ट्र बैंकले जनाएको छ ।

भारतमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने निर्यातकर्ताको हकमा नेपाली रुपैयाँ खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जन सम्बन्धी प्रमाण पेश गर्नुपर्ने हुन्छ । यस्तै विदेशी मुद्राको सुविधा माग गरिएको रकम समेत खुल्ने नेपाल सरकारको सम्बन्धित निकायको सिफारिस चाहिने राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस