लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त


२१ श्रावण २०८०, आइतबार


lhyarkyal_Lama

काठमाडौँ । लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा पूर्वराज्यमन्त्री तथा बुद्धिजममा विद्यावारिधि गरेका डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले दुवै संविधानसभाको सदस्यसमेत रहेका डा. लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सात वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा बौद्ध धर्मका गुरुलाई नियुक्त गरिएको एक मन्त्रीले बताए । विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय सचिवसमेत रहेका डा. लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा विवादास्पद छविका व्यक्ति हुन् । बैंकको लकरमा बन्दुकको गोली राखेको आरोपमा पक्राउसमेत परिसकेका उनी दोहोरो नागरिकता, भारतीय रासन कार्ड, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिलगायत विषयमा तानिएका थिए । काङ्ग्रेसबाट गुम्बा व्यवस्थापन तथा विकास समिति अध्यक्ष बनेका उनी एमालेबाट सभासद् हुँदै राज्यमन्त्री, एकीकृत माओवादीमा प्रवेशसँगै समानुपातिकबाट सभाषद र अहिले २१ साउन २०८० मा लुम्बिनी विकास कोषमा पसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस