मन्त्री चित्रकारले पाए उद्योग तथा सामान्य प्रशासन मन्त्रालय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मन्त्री चित्रकारले पाए उद्योग तथा सामान्य प्रशासन मन्त्रालय


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ । बागमतीमा नेपाली काँग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।

मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । काँग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।

चित्रकार काँग्रेसका संसदीय दलका उपनेता समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस