महालेखा परीक्षकदेखि निर्वाचन आयुक्तको रिक्त पदका लागि आवेदन माग « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महालेखा परीक्षकदेखि निर्वाचन आयुक्तको रिक्त पदका लागि आवेदन माग


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ । संवैधानिक परिषद्को सचिवालयले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदका लागि आवेदन माग गरेको छ । सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै  महालेखा परीक्षक, निर्वाचन आयुक्त,  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र  मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो ।

नेपालको संविधानबमोजिम संवैधानिकका पदहरूमा नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरूको अभिलेख तयार गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको बताइएको छ । नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट www.opmcm.gov.np को “सूचना तथा समाचार खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषद्को सचिवालयको इमेल ठेगाना [email protected] मा पठाउन संवैधानिक परिषद् (कार्यविधि) नियमावली, २०६८ बमोजिम यो सूचना प्रकाशन गरिएको छ ।

एकभन्दा बढी पदका लागि आवेदन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम भर्नु पर्ने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस