२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

‘कार्यसूचीमा आधारित भए पनि स्थायी कमिटी सदस्यहरूलाई आफूलाई लागेको कुरा निर्धक्क भन्न समय दिएका छौँ,’ उनले सेतोपाटीसँग भने, ‘हिजो करिब १८ जनाले आफ्ना कुरा राख्नु भयो।’ आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने खतिवडाले बताए।

‘सबैले नेतृत्वले गरेन, गरेन भन्छन्, गर्नुपर्ने कुरा के हो त? आफ्ना कुरा राख्नुस् भनेका छौँ। पोलिट्ब्युरोसम्मै हामी यसरी छलफल गर्छौँ। त्यसै आधारमा प्रस्ताव बनाएर केन्द्रीय कमिटीमा लैजान्छौँ,’ उनले भने।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए। त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए।

‘अध्यक्ष, महासचिवलबाट माघभित्रै महाधिवेशन गर्न सकिनेगरी प्रस्ताव आएको छ। स्थायी कमिटी सदस्यहरूले पनि यथाशीघ्र महाधिवेशन गर्नुपर्ने आवाज उठाएका छन्। त्यस्तै राजनीतिक कार्यदिशा र समाजवादी आन्दोलनमा पार्टीको प्रस्ट दृष्टिकोण तय गरेर जानुपर्ने कुरा उठेको छ,’ उनले भने। एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो। त्यसमध्ये नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडेर गइसकेका छन्।

प्रतिक्रिया दिनुहोस