२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’लाई जनार्दनको प्रश्न- तपाईँले चाहँदा जतिखेर पनि खटनपटनमा लागेको छु, मैले कहाँ असहयोग गरेँ ?

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै सङ्कटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिँदै आएको बताएका छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गर्‍यो भनेर प्रचार गर्ने गरिएको भन्दै असन्तुष्टि जनाए ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले अध्यक्षले चाहेका बेला आफ्नो मतलाई समेत थाती राखेर काम गरेको बताए । पछिल्लो समय ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बाहिर बोल’ भनेपछि आफ्नो मत थाती राखेर भएपनि पालना गरेको शर्माले सुनाए ।

‘कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ’, उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईँले मेरो साथ र समर्थन पाउनुभएन ?’

आफूलाई गुटको नेता मान भनेर कसैलाई नभनेको, तर विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा भने उठाएको शर्माले बताए । उनले अगाडि भने, ‘चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’

प्रतिक्रिया दिनुहोस