Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण : मन्त्री शर्मा


१९ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएकी छिन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आयोजना गरेको २०७९ का एसइई उत्तीर्ण विद्यार्थीहरूलाई अभिनन्दन समारोहमा मन्त्री शर्माले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने विषयमा सामुदायिक विद्यालयहरू मात्र सक्षम नभएको भन्दै यसमा निजी क्षेत्रको पनि भूमिका आवश्यक रहेको बताए ।

उनले भनिन्, नेपालको शिक्षा क्षेत्रमा योगदान गर्ने सन्दर्भमा निजी क्षेत्रको योगदान पनि महत्त्वपूर्ण छ । सबै विद्यार्थीहरूलाई शिक्षा दिने कुरामा सामुदायिक विद्यालयहरूले मात्रै भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन । ३० प्रतिशतभन्दा बढी निजी क्षेत्रको छ । ’

मन्त्री शर्माले आजको विद्यार्थी भोलि देशको नेतृत्व भएको भन्दै नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूलाई शिक्षाको साथै व्यवहारिक, देशप्रति प्रतिबद्ध र कर्तव्यबोध बनाउन पनि आवश्यक भएको बताइन् ।

उनले भनिन्, १२ कक्षा पास भएपछि बाहिर जाने जुन प्रवृत्ति छ, त्यसले हाम्रो उच्च शिक्षालाई गुणस्तरी बनाउने चुनौती थपिएको छ । विद्यार्थीलाई शिक्षाको साथै व्यवहारिक बनाउने, देशप्रति प्रतिबद्ध बनाउने, कर्तव्यबोध बनाउन पनि जरुरी छ । आजको विद्यार्थी भोलि देशको नेतृत्व गर्ने भएको हुँदा नेतृत्वलाई बलियो बनाउन पनि राम्रो शिक्षा आवश्यक छ । ’

मन्त्री शर्माले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखेको चर्चा गर्दै शिक्षा र स्वास्थ्य निश्चित रूपमा मौलिक हकको रूपमा स्थापित र निशूल्क हुनुपर्ने बताइन् । उनले सामुदायिक र निजी विद्यालयलाई प्रतिस्पर्धा बनाउन जरुरी रहेको पनि बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस