रिक्त संवैधानिक पदका लागि १५ दिने सूचना निकाल्ने परिषद्को निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रिक्त संवैधानिक पदका लागि १५ दिने सूचना निकाल्ने परिषद्को निर्णय


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ। संवैधानिक निकायहरूमा रिक्त पदका लागि सूचना निकाल्ने निर्णय भएको छ ।

संवैधानिक परिषद्को बिहीवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक बसेको बैठकले रिक्त रहेका पद पूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय गरेको हो ।

अहिले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य, मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकालेर इच्छुकहरूको आवेदन माग्नुपर्ने व्यवस्था अनुसार सूचना निकाल्ने निर्णय भएको सहभागी एक अधिकारीले बताए ।

आज बसेको बैठकले प्रधान न्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

सम्बन्धित समाचार : प्रधान न्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस