स्वास्थ्य मन्त्रालयद्वारा आठ अस्पतालमा अनुगमन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थ्य मन्त्रालयद्वारा आठ अस्पतालमा अनुगमन


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतालमा आज अनुगमन गरेको छ । 

मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल), नेपाल मेडिकल कलेज (जोरपाटी) र शङ्करापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले आज स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमन गरेको थियो । सोही अवसरमा मन्त्री बस्नेतले त्यहाँस्थित पोस्ट अपरेटिभ वार्ड, शल्यचिकित्सा वार्ड, रक्तसञ्चार युनिट, मेडिकल वार्ड, नाक, कान, घाँटी वार्ड, मनोचिकित्सा वार्ड र प्रशासन विभागलगायत सबै ठाउँमा अनुगमन गरेका थिए । 

सो अवसरमा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भए÷नभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्था भए/नभएकोलगायतका विषयमा व्यवस्थापनसँग जानकारी लिएका थिए ।  

उनले अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिए । उनले भने, “अहिले हामीले धेरै कुराभन्दा पनि अस्पताल मापदण्डअनुसार छन् कि छैनन्, विपन्नका निम्ति उपचारमा छुट भए/नभएकोबारे बुझन खोजिएको हो ।” मन्त्रालयले यसअघि एक सय एक फार्मेसीमा अनुगमन गर्दा एक सय वटा फार्मेसी मापदण्डविपरीत भएको भेट्टाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस