राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस