काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे बस्ने छ ।
यसअघि प्रधानन्यायाधीश सिफारिस गर्न मंगलबार पनि बैठक बसेको थियो । उक्त बैठकले कुनै निर्णय गर्न नसकेपछि प्रधानन्यायाधीश, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।
साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ । तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन।
आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन्।