लिङ्देनलाई कमल थापाले भने-सँगै सडक आन्दोलन गरौँ, नेतृत्वको समस्या आउँदैन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लिङ्देनलाई कमल थापाले भने-सँगै सडक आन्दोलन गरौँ, नेतृत्वको समस्या आउँदैन


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने थापाले स्पष्ट पारे ।

उनले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस् । हामीसँगै आन्दोलनमा जान तयार छौँ, नेतृत्व समस्याको विषय हुँदैन ।’

थापाले केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरूलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधीबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस