डोटीका दुई वडाध्यक्षसहित १० पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डोटीका दुई वडाध्यक्षसहित १० पक्राउ


१७ श्रावण २०८०, बुधबार


कैलाली । कैलालीको धनगढी बसपार्कबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।

हिजो मङ्गलवार धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको कलेल होटेलबाट पूर्वचौकी गाउँपालिका-२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

तासजुवा खेलिरहेको बेला प्रहरीले एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटेल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानेपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्व चौकी-६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।

यस्तै गोदावरी नगरपालिका-३ का ३२ वर्षीय कुवेर खड्का, पूर्व चौकी-२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल-सिलगढी नगरपालिका-६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस