प्रशासनद्वारा दुई उद्योग सिल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रशासनद्वारा दुई उद्योग सिल


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा सिलबन्दी गरेको छ।

मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो।  

अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको छ भने भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेकाले कानुनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने बताइएको छ।

भ्याली फिडको १३ हजार केजीको रु नौ लाख २३ हजार मूल्य बराबरको दुई सय ६० बोरा दाना बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ। साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिए।

Tags :
प्रतिक्रिया दिनुहोस