२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्धग्रस्त देशको सुरक्षासम्बन्धी काममा नजान परराष्ट्रको आग्रह

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त क्षेत्रमा सुरक्षा सम्बन्धी काममा नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलवार विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रमा जाँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति पनि सजग रहन सजग गराएको छ ।

‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ना हुन पाउने नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ, ‘परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ । यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ ।’

युक्रेनसँगको युद्धमा नेपाली युवाहरू पनि सामेल भएको खबर आइरहँदा परराष्ट्र मन्त्रालयले उनीहरूलाई रोक्नुपर्ने जनाएको छ । तर युद्धग्रस्त देशमा लडाइँका लागि नेपाली युवाहरूको प्रयोग हुने गरेको छ ।

‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ, ’विज्ञप्तिमा भनिएको छ ।

यसैबीच रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली युवाहरू रुसी सेनामा भर्ती भएको विषयमा दूतावासलाई जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस