रास्वपाको आरोप : सरकार र प्रमुख प्रतिपक्षीले संसद्लाई बन्दी बनाए « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रास्वपाको आरोप : सरकार र प्रमुख प्रतिपक्षीले संसद्लाई बन्दी बनाए


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभालाई बन्दी बनाएको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले उच्च स्तरीय छानबिन समिति बनाउन नचाहने सरकार र बनाउनैपर्ने प्रमुख प्रतिपक्षी दलको अडानले संसद बन्दी बनेको बताएका हुन् ।

‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिने अडान लिएर बसेका छन्, यसले हाम्रो आवाज सुनिएको छैन । सरकार सरकारी स्तरबाटै छानबिन गर्ने पक्षमा रहेको बुझिन्छ । हामीले सरकारले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् भनेका छौँ, सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ’ उनले भने ।

सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरू परिरहेको सांसद परिवारले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस