निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले आज(सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् ।

रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेल्मेटसहित एक घण्टा धर्नामा सहभागी भए । यसअघि माइतीघर मण्डलासहितका स्थानमा धर्नामा बसेका उनीहरूले व्यवसायीले विभिन्न समस्या खेप्नुपरिरहेको गुनासो गरेका छन् ।
महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।

म्याद थप, भुक्तानीका बारेमा महासंघले गत फागुन देखि नै सरकारका सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा आए पनि कुनै सुनुवाइ नभएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष सिंहले बताए ।

२०८० असार २१ मा म्याद थपको अमूर्त सूचना प्रकाशित गरिएको भन्दै त्यसलाई नमान्ने जनाउँदै आएका छन् । विगत एक वर्षमा वर्षा, क्रसर बन्द, महँगी, निर्वाचन, भुक्तानी अभावलगायतका कारणले काम हुन नसकेको जनाउँदै निर्माण व्यवसायी महासंघले सबै आयोजनाहरूको एकमुष्ट २०८१ असार मसान्तसम्म म्याद थप हुनुपर्ने माग गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस