२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु 

अ+ अ-

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा  क्युआर भुक्तानीको रियल-टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् ।  

क्युआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि कुर्न पर्ने बाध्यता थियो । टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पुरा भएको यकिन  गर्न कठिन भइरहेको थियो ।

साथै ग्राहकहरूको चाप धेरै भएको  मर्चेन्ट लोकेसनमा  एसएमएस मार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो । 

त्यसै गरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवै लाई अप्ठ्यारो भइरहेको थियो । एस सिटिले  मर्चेन्टहरुलाई  मोबाइल तथा वेब लगइन मार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा  फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनहरू देखिनै दिँदै आइरहेको छ । 

सोही कारोबारको अलर्ट प्राप्तिकै  लागि मोबाइल तथा वेब लगइन चलाई राख्न समेत कारोबार धेरै हुने ठाउँहरूमा  झन्झटिलो तथा समय खर्चिनु पर्ने परिस्थिति थियो । 

अब एलईडी  स्क्रिनमा कारोबार भए लगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने छ । एलईडी  स्क्रिन  जडान गर्न सजिलो र सरल छ । यसलाई एस सिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसन द्वारा सजिलै कन्फिगर गर्न सकिन्छ । स्मार्ट क्युआरमा आबद्ध बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरू द्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन् । मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको  ब्राइटनेश पनि मिलाउन सकिन्छ । स्क्रिनमै  कारोबारको रकम देख्न सकिने भएकाले भिडभाड तथा हल्ला खल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त तथा प्रभावकारी छ ।  

पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो । सेवा लिन इच्छुक ग्राहकहरूले स्मार्ट क्युआरमा आबद्ध बैङ्क तथा वालेटहरूमा गई यो सुविधाको लागि आवेदन दिन सक्ने छन् । 

प्रतिक्रिया दिनुहोस