सरकारले ३ दिनभित्र लम्पी स्किन रोग नियन्त्रण कार्ययोजना बनाउने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सरकारले ३ दिनभित्र लम्पी स्किन रोग नियन्त्रण कार्ययोजना बनाउने


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको सरकारको समन्वयमा निजी क्षेत्रलाई समेत साथ लिएर कार्ययोजना बनाउने निर्णय गरेको हो ।

कृषि, पशुपंक्षी विकास मन्त्रालयका एक अधिकारीका अनुसार लम्पी स्किन रोगविरुद्धको खोप व्यवस्थापनलाई उच्च प्राथमिकता दिने निर्णय पनि केन्द्रीय अनुगमन समितिले गरेको छ । यस्तो कामको नेतृत्व कृषि मन्त्रालयले गर्ने भएको छ ।

लम्पीको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरू मर्ने क्रम रोकिएको छैन ।

लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । त्यसपछि यो रोग अन्य देशमा विस्तार भएको थियो । पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रूप लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस