‘ओलीले तकियामुनि राखेको शिक्षा आयोगको प्रतिवेदन खोज्दैछु भेटिएको छैन’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘ओलीले तकियामुनि राखेको शिक्षा आयोगको प्रतिवेदन खोज्दैछु भेटिएको छैन’


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सि मङ्गलवार संघीय शिक्षा ऐन संसदमा पठाउने बताएका छन् ।

समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उनले मन्त्रिपरिषदबाट पास गरेर यो ऐन संसदमा पठाउने बताए । उनले अगाडि भने, यसले शिक्षा क्षेत्रमा देखिएका थुप्रै कुरा सम्बोधन गर्ने तागत राख्छ ।’

लामो समयदेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष पनि पर्सिसम्म नियुक्त हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकार भएको बेला तयार भएको र पार्टीको बहुमत सदस्य यसलाई सार्वजनिक र कार्यान्वयन गर्न तयार भएपनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए ।

प्रचण्डले अगाडि भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो । अहिले त्यो हराएको छ ।’ आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भएपनि नभेटिएको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस