फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गर्न माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गर्न माग


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले भ्रष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले यसलाई भावनात्मक बनाउन नहुने बताएका बताएका हुन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका साथ पार्टीले पनि कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले अभियोग लागेपछि छानबिन पूरा नहुँदासम्म पनि निलम्बन हुने वैधानिक व्यवस्था हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस