ट्रक दुर्घटना हुँदा दुईजना घाइते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ट्रक दुर्घटना हुँदा दुईजना घाइते


१३ श्रावण २०८०, शनिबार


दाङ । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।

घाइते हुनेहरूमा लमही नगरपालिका- २ बस्ने वर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीतर्फ आउँदै गरेको ट्रकको  घोराही उपमहानगरपालिका-३ भैँसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुँदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।

त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस