काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको लडाइँ निर्मम हुने भन्दै दरबार हत्याकाण्डको उदाहरण दिएका छन् । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको उनले टिप्पणी गरे ।
आज पार्टीको जनवर्गीय सङ्गठनको कार्यक्रममा ओलीले दरवार हत्याकाण्डको चर्चा गरेका हुन् । उनले हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको परोक्ष संकेत गरे ।
ओलीले भने, ‘राज्यका लागि प्रतिक्रियाबादीहरुले केसम्म गर्छन् भने,‘वंश विनाश गरिदिए वीरेन्द्रको । राजा जस्तोको वंश विनाश गरे । कति निर्मम हुँदो रहेछ सत्ताको लडाइँ‘। आफ्नैले आफ्नैलाई, आफ्नै पूजनीयलाई आफैँले हत्या गरेर दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा । जो मारिएको छ उसकै टाउकोमा ‘। सप्पैलाई मार्यो, यताबाट लगेर गोली हान्यो रे क्या ‘। चलायो दाहिने हातले, तर यतापट्टि लगेर ९हातले देखाउँदै० बडो अप्ठेरोसँग हानेछ । यस्ता आरोप लगाउँछन् राजनीतिमा ।’