पटक-पटक जितेका छौँ, आगामी चुनावमा बहुमत ल्याउँछौँ : ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पटक-पटक जितेका छौँ, आगामी चुनावमा बहुमत ल्याउँछौँ : ओली


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् ।

जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए ।

‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरूले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ’ ओलीले भने । विगतमा पटक–पटक जित्दै आएको भन्दै फेरि पनि जित्ने विश्वास समेत उनले व्यक्त गरे ।

‘हामी जेलमा हुँदा, जित्नेछौँ एक दिन भनेर गीत गाउँथ्यौँ’ ओलीले भने, ‘अहिले हामी भन्न सक्छौँ, पटक-पटक जितेका छौँ, फेरि जित्नेछौँ ।’ अहिले पनि चुनौती भएपनि फेरि जित्ने ओलीले बताए ।

‘हामीले चुनौतीहरू देखेका छौँ । तर पराजित गर्न सक्नेछौँ । व्यावधान देखेका छौँ, तर जित्नेछौँ’, ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस