बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा भिडियो नराख्न आग्रह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा भिडियो नराख्न आग्रह


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिई समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने काउन्सिल जनाएको छ । 

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । 

सो नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस