चन्द्रागिरिमा गाडी दुर्घटना, दुई जनाको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

चन्द्रागिरिमा गाडी दुर्घटना, दुई जनाको मृत्यु


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि-४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ । 

गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस